
पोखरा स्पोर्टस । पोखरामा गण्डकी प्रदेशस्तरीय जिम्न्याष्टिक खेलको प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुक्रबारबाट सुरु भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश जिम्न्याष्टिक संघको ब्यवस्थापनमा उक्त प्रशिक्षण सुरु भएको हो । दुई दिन सम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रमको प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले गरेका छन् ।

सो अवसरमा बोल्दै उपाध्यक्ष धोज कुमार गुरुङले प्रदेशको खेलकुद विकासका लागि परिषदले प्रशिक्षण लगायत विभिन्न प्रतियोगिताहरुको आयोजना गरिरहेको जनाउँदै सिमित स्रोत साधनका बाबजुद समेत आयोजना हुने यस प्रकारका कार्यक्रमले खेलकुद विकासमा सहयोग पुगेको बताए ।
गण्डकी प्रदेश जिम्न्याष्टिक संघका अध्यक्ष एवं परिषदका सदस्य योगेन्द्र गुरुङको अध्यक्षतामा उक्त प्रशिक्षणको उद्घाटन भएको थियो ।
प्रशिक्षण कार्यक्रममा विभिन्न पाच जिल्लाका २५ जनाको सहभागिता रहेको अध्यक्ष गुरुङले जानकारी दिए । सहभागिहरुलाई जिम्न्याष्टिक प्रशिक्षक थमन बहादुर थापाले प्रशिक्षण दिनेछन् ।
