सुर्खेतमा हुने ‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’को तयारी पुरा

पोखरा स्पोर्टस । सुर्खेत विरेन्द्रनगरमा हुने दोस्रो सस्करणको ‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’को तयारी पुरा भएको छ ।

सो बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक प्रमोद हमालले तयारी पुरा भएको जनाएका हुन् । ओलम्पिक डे का अवसरमा शुक्रबार हुन लागेको हाफ म्याराथनमा देशभरका दुई हजार बढी धावकहरू सहभागी रहने संयोजक हमालले जानकारी दिएका छन् ।

कर्णाली खेलकुद विकास परिषद्को सहयोग तथा मीड वेष्ट्रन फिटनेस सेन्टरको आयोजनामा प्रतियोगिता सञ्चालन हुने बताउँदै संयोजक हमालले खेलकुदसँग सरकार र निजी क्षेत्रलाई जोड्ने उद्धेश्यका साथ म्याराथन आयोजना गरिएको बताएका छन् । उनले भने–“हामी म्याराथन खेलकुदमार्फत कर्णाली र नेपाललाई विश्वसामु चिनाउने ध्येयमा छौँ । सोही अनुसार सरकारी निकायको लगानीको खाँचो छ, तर मेलामहोत्सव लाखौँ खर्च गर्ने निजी क्षेत्रको पनि यसमा ध्यान जाओस् ।”

पहिलो संस्करणमा कर्णाली प्रदेशका खेलाडी मात्रै सहभागी प्रतियोगितामा यस वर्षबाट देशैभरका धावक, धाविका सहभागी हुनेछन् ।

एथेलेक्टिसका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ऐतिहासिक काँक्रेविहारको पहिचान स्थापित गर्न र आसन्न दसौँ राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा कर्णालीले जुनसुकै खेल पनि खेलाउन सक्छ भन्ने सन्देश प्रवाह गराउन म्याराथन आयोजना गरिएको आयोजकको भनाई छ ।

हाफ म्याराथनको विजेतामध्ये प्रथम हुने खेलाडीलाई एक लाख राशिको पुरस्कार प्रदान गरिने छ । यस्तै प्रतियोगिताको द्वितीय स्थान प्राप्त गर्नेले ५० हजार, तृतीय हुनेलाई ३० हजार र सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई ३० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै, क्रमशः १० किलोमिटर तर्फ प्रथम १०, द्वितीय ७ र तृतीय पाँच हजार, पाँच किलोमिटरतर्फ प्रथम पाँच हजार, तीनहजार र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई दुई हजार नगद पुरस्कार प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close