ओलम्पिक ‘डे’मा आयोजित स्क्वासमा सृष्टिका र आभान बिजयी

पोखरा स्पोर्टस । ओलम्पिक ‘डे’मा आयोजित स्क्वास प्रतियोगितामा सृष्टिका उदास र आभान श्रेष्ठ बिजयी भएका छन् ।

ओलम्पिक ‘डे’को सन्दर्भमा कास्की जिल्ला स्क्वास तथा र्याकेट संघद्वारा आयोजित उक्त प्रतियोगितामा उनीहरु बिजयी भएका हुन् । महिलातर्फ सृष्टिकाले समिक्षा ठकुरीलाई फाइनल स्पर्धामा ३–२ को सेट र पुरुषतर्फ आभान श्रेष्ठले नवराज श्रेष्ठलाई ३–२ ले पराजित गरी बिजयी बनेको कास्की स्क्वास तथा र्याकेट संघका अध्यक्ष प्रविन पालिखेले जानकारी दिए ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज बहादुर गुरुङले पदक तथा प्रमाणपत्र वितरण गर्दै ओलम्पिक डे मनाउन आयोजना गरेको कार्यक्रमले खेलाडीहरुमा उत्साह आउने बताए । उनले ओलम्पिक अभियानलाई जनस्तर सम्म पुर्याउन पनि यस प्रकारका प्रतियोगिताहरुले सहयोग पुग्ने बताउँदै ओलम्पिक अभियानले खेलमा जित र हार भन्दा पनि सबैलाई खेलकुदमा सहभागिता जनाउनु पर्छ भन्ने महत्वपूर्ण सन्देश प्रवाह गर्ने बताए ।

दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ ३१ गरी ३८ खेलाडीहरुको सहभागिता रहेको थियो ।

संघका अध्यक्ष पालिखेले सन २०२८ लसएन्जलसमा हुने ओलम्पिकमा स्क्वास खेल थपिएकोले पनि यो खेलको महतव थप बढ्दै गएको बताउँदै ओलम्पिक सम्म नेपाली खेलाडीहरुको सहभागिता गराउन संघ प्रयासरत रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close