यूू–१५ विद्यालय खेलकुद : रग्बीमा कर्णाली प्रदेशलाई दोहोरो स्वर्ण

पोखरा स्पोर्टस । गण्डकी प्रदेशको पोखरामा भएको यूू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा कर्णाली प्रदेशले दोहोरो स्वर्ण जितेको छ । पोखरा रंगशालामा बिहीबार भएको फाइनल खेलमा छात्र र छात्रा दुवैतर्फ कर्णालीले दोहोरो स्वर्ण जितेको हो ।

छात्रतर्फ फाइनलमा कर्णालीले कोशी प्रदेशलाई पराजित गर्‍यो । कर्णालीले कोशीलाई १–० स्कोरले पराजित गरेको हो । मधेश प्रदेशले बागमती प्रदेशलाई पराजित गर्दै छात्रतर्फ तेस्रो बन्यो । मधेशले बागमतीलाई ५–० स्कोरले पराजित गरेको हो ।

छात्रातर्फ कर्णालीले बागमती प्रदेशलाई पराजित गर्दै च्याम्पियन बन्यो । निर्धारित समयमा दुवै टिमबाट स्कोर हुन नसकेपछि फल प्ले, कार्ड, पेनाल्टी र अघिल्ला खेलको नतिजाका आधारमा कर्णाली च्याम्पियन बनेको हो ।

यस्तै सुदूरपश्चिमले मधेश प्रदेशलाई पराजित गर्दै तेस्रो बन्यो । यो खेलमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि फल प्ले, कार्ड, पेनाल्टी र अघिल्ला खेलको नतिजाका आधारमा नतिजा तय गरिएको थियो ।

प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई राखेपका सदस्य सचिव टंकलाल घिसिङ। प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्मा, राखेपका सदस्य राजेश कुमार गुरुङ, प्रतियोगिताका संयोजक एवं राखेपका सदस्य अन्जन धमलालगायतले ट्रफी, मेडल, नगद तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close