यू–१५ विद्यालय खेलकुद प्रतियोगिता : बास्केटवलमा गण्डकीको विजयी सुरुवात

पोखरा स्पोर्टस /तस्विरः स्वेत श्रेष्ठ । पोखरा रङ्गशालामा आजबाट सुरु भएको ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल खेल समेत सुरु भएको छ । आज भएको छात्रा तर्फको पहिलो खेलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।

आजको खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ६ को बिरुद्ध फराकिलो २३ स्कोरको अन्तरले पराजित गरेको हो । गण्डकीको जितमा जेनियम श्रेष्ठले ६ स्कोर गरेकी हुन् । त्यसै गरी आज भएको छात्र तर्फको खेलमा गण्डकीले जित हासिल गरेको छ । गण्डकीले लुम्बिनी प्रदेशलाई ४५–२७ को स्कोरले पराजित गरेको हो । गण्डकीको जितमा सौभाग्य पुनले १९ स्कोरको योगदान दिए ।

दोश्रो खेलमा कर्णाली प्रदेशले मधेष प्रदेशलाई १९–४ को स्कोरले जित निकाल्यो । कर्णालीको जितमा सृजना बडुवालले १५ स्कोरको योगदान दिइन् । छात्र तर्फ भएको खेलमा प्रिन्स कुसुवाको १८ स्कोरको मद्धतले मधेश प्रदेशले कर्णाली प्रदेशलाई ३१–२९ स्कोरले पराजित गरेको छ ।

आज लिग चरणका खेलहरु पोखरा रंगशालाको बास्केटवल कोर्ट र पोखरा रामघाटमा रहेको पुन समाज पोखराको बास्केटवल कोर्टमा जारी रहेका छन् । प्रतियोगितामा छात्रा तर्फ सुदुर पश्चिम प्रदेश बाहेक अन्य ६ प्रदेश र छात्र तर्फ ७ प्रदेशको सहभागिता रहेको छ ।

बिहान ७ः०० बजे देखि खेल सुरु हुने भनिए पनि प्राविधिक कारणवश करिब साँढे २ घण्टा पछि मात्र खेलहरु सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close