कोरिया हिंडेकी मोर्डन पेन्टाथलन खेलाडी बिनिताको बिदाई

पोखरा स्पोर्टस । कोरियामा आयोजना हुने अन्तर्राष्ट्रिय मोर्डन पेन्टाथलन प्रतियोगितामा सहभागि हुन जान लागेकी बिनिता सार्कीलाई बिदाई गरिएको छ ।

उनलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बिदाई गरेका हुन् । तनहुँ भिमादकी बिनिता एक वर्ष अघि बाट मोर्डन पेन्टाथलन खेल्न थालेकी हुन् ।

भिमादकै जनज्योती मावीमा स्नातह तह प्रथम वर्षमा अध्ययनरत बिनिता नेपालको प्रतिनिधित्व गर्दै पहिलो अन्तर्राष्ट्रिय सहभागितामा जान थालेको मोर्डन पेन्टाथलन संघ गण्डकीका महासचिव मन नारायण श्रेष्ठले बताए ।

कोरियाको हेनान प्रान्तमा यहि जुन ११ तारिखबाट सुरु हुने ‘हेनान कोरिया ओपन इन्टरनेशनल कम्पिटिशन’ प्रतियोगिताका लागि नेपाली प्रशिक्षकमा उद्धव तिमिल्सिना रहेका छन् ।

कोरिया जान थालेकी बिनिता नोपल ओपनकी उत्कृष्ट खेलाडी समेत हुन् । कोरिया हिंडेकी उनलाई सदस्य सचिब शर्माले बिदाई गर्दै जितको शुभकामना समेत दिए ।

फेन्सिङ, स्विमिङ, अव्स्ट्याकेल्स र लेजर रन मिश्रित रहेको मोर्डन पेन्टाथलन निकै आकर्षक खेल मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close