
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय फेन्सिङ प्रतियोगिता शुक्रबारबाट पोखरामा सुरु भएको छ ।
पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा उक्त प्रतियोगिता सुरु भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फेन्सिङ संघको ब्यवस्थापनमा उक्त प्रतियोगिता सुरु भएको हो ।

दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत पहिलो दिन इपी महिलातर्फको स्पर्धामा कृपा गुरुङले स्वर्ण पदक जितेकी छन् । सोही इभेन्टमा निश्चल मगरले रजत पदक जित्दा विनिता मगर र निती खाँडले काश्य पदक जिते ।
उक्त प्रतियोगिताको एक कार्यक्रमबा बीच प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले गरेका थिए ।
प्रतियोगिता अन्तर्गत इपी, सेवर र फोयल गरी तीन छुट्टा–छुट्टै इभेन्टमा महिला र पुरुष गरी ४० जना खेलाडीहरुको सहभागिता रहेको गण्डकी फेन्सिङ संघका अध्यक्ष विजय शाहीले बताएका छन् । अन्य सबै इभेन्टका फाइनल खेल शनिबार सम्पन्न हुनेछन् ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक छनौट समेत रहेको प्रतियोगितामा तिन छुट्टा–छुट्टै इभेन्टमा महिला र पुरुष गरी २४ जना खेलाडी छनौट हुने अध्यक्ष शाहीले बताए ।
