पूर्व फुटबल खेलाडी गंगालाई आर्थिक सहयोग

पोखरा स्पोर्टस । नेपाल महिला फुटबल संघको पहलमा क्यान्सर पीडित पूर्व फुटबल खेलाडी गंगा गुरुङलाई स्वास्थ्य उपचारका लागि शुक्रबार आर्थिक सहयोग प्रदान गरिएको छ ।
 
महिला फुटबल संघका पदाधिकारी, खेल पत्रकार, शिक्षक र विदेशमा रहेका नेपालीबाट संकलित १ लाख ५ हजार रुपैयाँ गंगालाई हस्तान्तरण गरिएको महिला फुटबल संघकी महासचिव विना श्रेष्ठले जानकारी गराइन् ।
 

महिला फुटबल संघकी अध्यक्ष पेमा डोल्मा लामाले गंगालाई नगद हस्तान्तरण गरिन् ।

अध्यक्ष लामाले रकम हस्तान्तरणपछि गंगाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोगी सबैलाई धन्यवाद दिइन् ।

सो अवसरमा फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङ, नेपालबाट छनोट चरण पार गरी ओलम्पिक खेल्ने पहिलो खेलाडी तेक्वान्दोकी संगीना वैद्य, पूर्व कप्तानद्वय जमुना गुरुङ र चन्द्रा भण्डारीको पनि उपस्थिति रहेको थियो ।

गंगाले भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गराइरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close