एसिया ट्रायथलनको सिनियर सल्लाहकारमा श्रेष्ठ

पोखरा स्पोर्टस । नेपाल ट्रयाथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ एसिया ट्रायथलनको सिनियर सल्लाहकारमा मनोनयन भएका छन् ।

एसिया ट्रायथलनको महासभाले श्रेष्ठलाई एसिया ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहकारमा अनुमोदन गरे संगै उनी उक्त पदमा मनोनयन भएका हुन् । श्रेष्ठ नेपाल ओलम्पिक कमिटिका महासचिव समेत् हुन् । 

सन् २०२३ को जुन २३ मा जापानमा भएको चुनावी साधारण सभाबाट साउदी अरेबियाका राजकुमार फहाद बिन जलाबी बिन अब्दुल अजिज एसिया ट्रायथलनको अध्यक्ष निर्वाचित भएका थिए ।

निर्वाचन पछिको पहिलो बैठकमा अध्यक्ष अल्दुल अजिजले श्रेष्ठलाई एसिया ट्रायथलनको अध्यक्षका सिनियर सल्लाहकारमा नियुक्त गरेका हुन् । जसलाई सउदी अरबको रियादमा भएको एसिया ट्रायथलनको कङ्ग्रेसले अनुमोदन गरेको हो ।

श्रेष्ठ दक्षिण एसियाली ट्रायथलन संघका अध्यक्ष, विश्व ट्रायथलन अन्तर्गतको एनओसी रिलेसन कमिसनका सदस्य तथा ओलम्पिक काउन्सिल अफ एसियाको कल्चर कमिसनका सदस्य समेत हुन् ।

यहि जुन १ मा सुरु भएको सो महासभा जुन ४ तारिखमा सम्पन्न हुनेछ । साउदी अरबको रियादमा जारी महासभामा नेपाल ट्रायथलन संघका कोषाध्यक्ष निरज श्रेष्ठको समेत् सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pokhara Marathon 2026


This will close in 3 seconds

Close
Close