
पोखरा स्पोर्टस । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट मेनेजमेन्टको संयुक्त आयोजनामा शनिबारदेखि नेशनल चेस च्याम्पियनसिप सुरु भएको छ ।
पहिलो दिन सम्पन्न भएको खुल्लातर्फ फिडे नेपाल च्याम्पियन फिडे मास्टर क्षितिज भण्डारी, युथ च्याम्पियन पुरुषोत्तम सिलवाल, सिएम मिलन लामा मास्टर, धनुषाका सुशील चौधरी र झापाका राजन सुवेदीले सफलता हात पारी १/१ अंक जोडेका छन् ।
क्षितिजले निकै नै प्रतिस्पर्धामक खेलमा पुर्व नेपाल च्याम्पियन काठमाडौका केशव श्रेष्ठलाई पराजित गरे । त्यसैगरी पुरुषोत्तमले दोलखाका राजिव कार्की माथि सफलता हात पारे भने मिलनले काठमाडौका प्रेम महर्जन हराएका थिए। शुसिलले झापाका प्रकाश नेपाललाई पन्छाउन सफल भए भने राजनले ललितपुरका सुरोज महर्जनलाई निराश पारे ।
वर्तमान नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवाल उत्कृष्ट लयमा रहेका श्रुसुरत दाहालले बराबरीमा रोके र अंक बाँड्न बाध्य बनाए ।
राउन्ड रोविनको प्रणालीमा संचालन भइरहेको प्रतियोगितामा महिलातर्फ पुर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, मोरङका शान्ति धिमाल कास्कीका पूजा भण्डारी , काठमाडौका विनिता कपाली , रिया श्रेष्ठले र पर्साका सुशिला गुरुङले जित निकालेका छन् ।
सिन्दिराले भक्तपुरका श्रेया दुवाल पराजित गरिन् भने शान्तिले नेशनल बी छनौटमा उत्कृष्ट प्रदर्शन गरि प्रथम स्थानमा रहेर छनौट भएकी झापाकि कृतिसारा अधिकारीलाई हराउन सफल भइन भने विनिताले अन्शु प्रजापति माथी जीत हात पारे । त्यसैगरी रियाले झापाकी पूनम प्रसाईंलाई र सुशिलाले भक्तपुरकि सविना गुजःलाई पराजित गरिन् ।
