खेल शिक्षकका लागि पाँच दिने एथलेटिक्स रेफ्रि प्रशिक्षण सुरु

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका खेल शिक्षकका लागि पाँच दिने एथलेटिक्स रेफ्रि प्रशिक्षण सुरु भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश एथलेटिक्स संघको व्यवस्थापनमा उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले परिषदले खेलकुदको जग बलियो बनाउन आफ्ना कार्यक्रमहरु विद्यालयतह सम्म पुर्याउने अभियानमा लागेको बताए ।

परिषदले खेलकुदको विकासलाई गति दिन संघहरुलाई सुशासन, पारदर्शिता उत्तरदायित्वलाई अझै बढि कसिलो बनाउन कार्यक्रमहरु अघि सारेको बताउँदै सदस्य सचिब शर्माले आफूले सिकेको शिपलाई सहि ढङ्गले प्रयोग गर्न सके त्यसले राष्ट्रका लागि प्रतिफल दिने उल्लेख गरे ।

संघका अध्यक्ष हरिबहादुर बरुवालको अध्य्रक्षतामा भएको उद्घाटन कार्यक्राममा प्रदेश खेलकुद परिषदका सदस्य निर्मला बराल, संघका महासचिव मन बहादुर थापा लगायतले आफ्ना भनाई राखेका थिए ।

जेठ २२ गते सम्म सञ्चालन हुने प्रशिक्षणमा ११ जिल्लाका २२ जना शिक्षकहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close