पोखरामा वाईवाई यु–१९ क्रिकेट सुरु, विन्ध्यवासिनी र बाराहीको बिजयी सुरुवात

पोखरा स्पोर्टस । टिम विन्ध्यवासिनी र बाराहीले यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौंट प्रतियोगिता २०८१ मा विजय सुरुवात गरेका छन् ।

कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा विन्ध्यवासिनीले टिम भद्रकालीलाई ९ विकेट र दोस्रो खेलमा बाराहीले टिम अकलालाई ७ विकेटले पराजित गरेको हो ।

२५÷२५ ओभरमा खेलाईएको प्रतियोगिताको उद्घाटन खेलमा टस जितेर ब्याटिङ रोजेको भद्रकालीले पुरै ओभर खेल्दै ९ विकेट गुमाएर ११५ रन बनाएको थियो । ११६ रनको लक्ष्य पछ्याउदै मैदान उत्रेको बिन्ध्यवासिनीले १५.४ ओभर खेल्दै १ विकेट गुमाएर ११६ रन बनाएर लक्ष्य पुरा गरेको थियो ।

बिन्ध्यवासिनीको जितमा सिब्रिन श्रेष्ठ नट आउट रहदै अर्धशतक पुरा गर्ने क्रममा ५१ बलमा ९ चौका र ५ छक्का सहित टोलीका लागि ७६ रनको योगदान गरे । उनी खेलका म्यान अफ दी म्याच समेत घोषित भएका थिए । टोलीका लागि सुरज श्रेष्ठले १७ र सफल श्रेष्ठले नट आउट रहदै १ रन जोडे ।

भद्रकालीका लागि सलभ सुबेदी नट आउट रहदै ५० बलमा दुई चौका प्रहार गदै टोलीका लागि सर्वाधिक २९ रन जोडेका थिए । टोलीका लागि सुमन पन्तले २५, अर्जुन कुमालले २२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

दोस्रो खेलमा खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अकला १४.६ ओभर खेल्दै सबै विकेट गुमाएर जम्मा ५५ रनमा समेटिएको थियो । ५६ रनको लक्ष्य पछ्याउदै मैदान उत्रेको बाराही ८.४ ओभर खेल्दै तीन विकेट गुमाएर ६१ रन बनाउदै लक्ष्य पुरा गरेको थियो ।

बाराहीको जितमा ओपनर रोहित चन्द्र नट आउट रहदै २३ बलमा चार चौका सहित २६, खेलका म्यान आफ दी म्याच आदित्य थापाले १४ रन जोड्दा टोलीका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेन्न । उता अकलाका लागि कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न असफल रहदा अनिश पटेलले टोलीका लागि सर्वाधिक ७ रन जोडेका थिए ।

चार टोली सहभागि रहेको प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले अम्पाएरद्वय भोजराज बराल र दिलिप अग्रहरीलाई बल हस्तान्तरण गदै गरेका थिए ।

उद्घाटनका क्रममा मेयर अर्चायले महानगरपालिकाले खेलकुद र पर्यटनलाई जोड्ने गरि विभिन्न कार्यक्रम संचालन र सहयोग गदै आएको बताएका थिए । क्रिकेट सम्भावना बेकेको खेल रहेको भन्दै खेल क्षेत्रको लागि आउदो आर्थिक वर्ष महानगरले बजेट बृद्धी गर्ने बताएका थिए ।

आयोजक कास्की क्रिकेटका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिताका लागि पहिलो चरणमा सहभागि ८४ जना खेलाडीहरुबाट ४८ जना छनौट गरि चार टिम बनाईएको जानकारी दिए ।

जिल्लाको प्रतियोगितापछि गण्डकी प्रदेश प्रतियोगिता हुने भएकाले जारी प्रतियोगिताबाट १४ जना खेलाडी छनौट गरिने जानकारी दिए । ११ गतेसम्म जारी रहेन प्रतियोगितामा बिहीबार र शुक्रबार दुई÷दुई खेलहरु हुने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close