
पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका कार्यसमिति सदस्य विश्व तण्डुकारलाई मातृ शोक परेको छ ।
पोखरा १५ निवासी तण्डुकारकी आमा रमा देवी तण्डुकारको आइतबार निधन भएको हो । उपचारको क्रममा मनिपाल शिक्षण अस्पतालमा आइतबार साँझ ८ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँ एक महिना यता निमोनियाबाट ग्रसित रहनु भएको थियो ।
उहाँको ४ छोरा र ३ छोरी रहेका छन् । उहाँको आज (सोमबार) ९ बजे पोखरा रामघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
यसै बीच नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले आमाको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्नु भएको छ ।
