ओलम्पिक तयारीका लागि प्रिन्सलाई खेल सामाग्री

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टनका प्रिन्स दाहाललाई बुधबार खेल सामाग्री प्रदान गरेको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जनको उपस्थितिमा प्रिन्सलाई खेल सामाग्री हस्तान्तरण गरेका हुन् । प्रिन्सलाई र्‍याकेट, स्ट्रिङ, जुत्ता र ब्याग प्रदान गरियो ।

सदस्य–सचिव घिसिङले खेल सामाग्री प्रदान गर्नुअघि माग गरे अनुसारको गुणस्तरको छ कि छैन भनी प्रिन्ससंग यकिन गरेपछि मात्र सामाग्री हस्तान्तरण गरेका थिए ।

प्रिन्स केहि दिनअघि वाइल्ड कार्डमार्फ पेरिस ओलम्पिकका लागि छनोट भएका थिए । कुनैपनि गृष्मकालीन ओलम्पिकका लागि नेपाली ब्याडमिन्टन खेलाडीले सहभागिता जनाउन लागेको पहिलो अवसर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close