
पोखरा स्पोर्टस । गण्डकी प्रदेश फुल कन्ट्रयाक्ट कराते संघको तदर्थ समितिको अध्यक्षमा लक्ष्मण कुंवर अध्यक्षमा चयन भएका छन् ।
करातेका सिनियर प्रशिक्षक समेत रहेका कुंवरलाई शनिबार पोखरामा सम्पन्न भेलाले अध्यक्षमा चयन गरेको हो । यसै गरी संघको उपाध्यक्षद्वयमा प्रकाशचन्द्र खाण र गुञ्ज बहादुर राई चयन भए ।
संघको सचिबमा रत्न बहादुर आले, कोषाध्यक्षमा कृष्ण बहादुर नेपाली चयन भएका भने कार्यसमिति सदस्यमा कुमार रोक्का, सोनिया थापा मगर, निर्मल क्षेत्री र मञ्जु थापा चयन भए ।
उक्त भेला प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकको अध्यक्षतामा भएको थियो । भेलाले यहि जेठ १० देखि १२ गते आयोजना हुने गण्डकी प्रादेशिकस्तरीय फुल कन्ट्रयाक्ट कराते प्रतियोगिता भब्य रुपमा सफल बनाउने समेत निर्णय गरेको छ । भेलामा करातेका सिनियर प्रशिक्ष्ाँक शिब बहादुर गुरुङको समेत सहभागिता रहेको थियो ।
