पोखरामा सुरु भयो एक्सट्रिम ट्रायथलन, पूर्व प्रधानमन्त्री खनालले गरे उद्घाटन

पोखरा स्पोर्टस । पोखरामा सहाशिक खेलकुदको प्रतियोगिता ‘एक्सट्रिम ट्रायथलन’ सुरु भएको छ ।

पोखराको लेकसाइडबाट साइकल दौडबाट सुरु भएको उक्त प्रतियोगिताको नेपाल सरकारका पूर्व प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरेका छन् ।

प्रतियोगिता सुरु हुनु भन्दा अगावै पोखरामा बिहानबाट चट्याङसहितको भारी वर्षाका कारण पौडी भने स्थगित गरिएको छ । ‘हामीले जोखिम उठाउन सकेनौ’– इभेन्ट डाइरेक्टर दिवश योन्जनले भने–“चट्याङसहितको भारी वर्षाले समस्या भयो । हामीले साइकलबाट प्रतियोगिता प्रारम्भ गरेका छौं ।’

विश्वकै कठिन प्रतियोगिताको मध्येको एक उक्त प्रतियोगिता अन्तर्गत फेवातालमा ३.८ किमि पौडी, १७५ किमि साइक्लिङ र ४३ किमि दौड समावेश रहेको छ ।

प्रतियोगिता अन्तर्गत १७५ किमि साइकल दौड सुरु भएको छ । पोखरा लेकसाईडबाट सुरु भएको साइकल दौड सराङकोट–पर्वतको कुस्मा–बागलुङ कालिका हुँदै पुनः फर्किएर कास्कीको लुम्ले काँडेमा पुगेर सम्पन्न हुनेछ ।

त्यस लगतै ४३ किमि लामो दौड सुरु हुनेछ । उक्त दौड काँडे हुँदै ४ हजार मिटरमा रहेको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै पुनः फर्किएर माछापुच्छ्रे गाउँ पालिकाको ल्वाङमा पुगेर सम्पन्न हुने रेस डाइरेक्टर रिकेश योन्जनले बताएका छन् ।

प्रतियोगिता पुरा हुन करिव १८ देखि २२ घन्टा लाग्न सक्ने आयोजकले अनुमान गरेको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड खर्च लाग्ने प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, सिभिक क्लिनिकलगायतको सहयोग रहेको छ भने प्रवर्द्धकमा नेपाल पर्यटन बोर्डको कार्यालय गण्डकी प्रदेश रहेको छ । पोखरालाई खेलकुद मार्फत विश्वमा चिनाउन यो प्रतियोगिताले भूमिका खेल्ने बताउँदै रेस डाइरेक्टर योन्जनले गत वर्ष देखि प्रतियोगितालाई वातावरण मैत्री बनाउने प्रयास गरिएको बताए ।

भोली शनिबार आयोजना हुने तेस्रो सस्करणको प्रतियोगितामा विभिन्न २५ देशका ३६ खेलाडीहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close