गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट जेठ १० देखि

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट कराते यहि जेठ १० गतेबाट सुरु हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी सुरु गरिएको प्रतियोगिताका संयोजक समेत रहेका प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीले जानकारी दिएका छन् ।

प्रतियोगितामा महिलातर्फ ३५ किलो तौल देखि ६० किलो तौल सम्म ६ विभिन्न तौल समुहमा प्रतिस्पर्धा हुने छ भने पुरुषतर्फ ३५ देखि ७० किलो तौल समुहमाथी प्रतिस्पर्धा हुने भएको संयोजक क्षेत्रीले जानकारी दिए ।

प्रतियोगिता पोखरा रंगशालामा सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close