गण्डकी प्रदेशस्तरीय सेपाक ताक्रोमा नवलपुर च्याम्पियन

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय सेपाक ताक्रोमा नवलपुर च्याम्पियन भएको छ ।

पोखरामा बुधबार भएको पुरुष र महिलातर्फ क्वाड इभेन्टमा कास्कीलाई पराजित गर्दै नवलपुर च्याम्पियन भएको हो । नवलपुरले सम्पन्न प्रतियोगितामा ३ स्वर्ण, र १ रजत गरी कुल ४ पदक जित्दै च्याम्पियन बन्न सफल भएको गण्डकी सेपाक ताक्रो संघका अध्यक्ष श्याम बहादुर श्रेष्ठले जानकारी दिए ।

यस्तै कास्की १ स्वर्ण र ३ रजत पदक जित्दै कुल ४ पदकका साथ उपविजेता बनेको छ भने तनहुँ र स्याङजा समान १÷१ काश्य पदकका साथ समग्रमा तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।

प्रतियोगितामा बिजेता खेलाडी तथा टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले वितरण गरेका थिए ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट प्रतियोगिताका रुपमा आयोजित उक्त प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्य सम्पन्न भएको हो ।

प्रतियोगितामा म्याग्दी, पर्वत, कास्की, बाग्लुङ, लम्जुङ, नवलपुर, तनहुँ र स्याङजा जिल्लाका महिला र पुरुष गरी १६ टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close