
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय भलिबल रेफ्रि प्रशिक्षण यहि जेठ १ देखि पोखरामा सञ्चालन हुने भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको ब्यवस्थापनमा उक्त प्रशिक्षण सञ्चालन हुने भएको हो । जेठ ५ गते सम्म सञ्चालन हुने प्रशिक्षणमा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट ३६ जना रेफ्रिहरुको सहभागिता हुने नेपाल भलिबल संघका केन्द्रिय उपाध्यक्ष एवं रेफ्री कमिशन सह–संयोजक याम बहादुर गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
गण्डकी प्रदेशमा लामो समय पछि भलिबल रेफ्रि प्रशिक्षण हुन लागेको जनाउँदै यसले गाउँ–गाउँका कुना कन्दरामा हुने प्रतियोगिताहरु सहज एवं निश्पक्ष रुपमा सञ्चालन हुने उपाध्यक्ष गुरुङले बताए । उनले भने–“परिषदले सर्हानिय कार्य गरेको छ । यसले हालै भलिबल खेलबाट अवकाश पाएकाहरुलाई समेट्दै उनीहरुलाई पुनः खेल मैदानमा निर्णायकको रुपमा उर्तान सहज वातावरण बन्नेछ ।”

