पोखरामा क्रस लेक खुल्ला पौडी प्रतियोगिता, खेलाडी र पर्यटन ब्यबसायीमा उत्साह

पोखरा स्पोर्टस । पोखरामा पहिलो पटक आयोजना हुन लागेको ‘प्रथम क्रस लेक खुल्ला पौडी प्रतियोगिता’ हुने भए पछि खेलाडी र पर्यटन ब्यवसायीहरु उत्साहित बनेका छन् ।

गण्डकी प्रदेश पौडी संघको आयोजनामा उक्त प्रतियोगिता यहि बैशाख २९ गते शनिबार फेवातालमा हुने भएको हो । प्रतियोगिता बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पुरुष र महिलातर्फ ५०० मिटर एर्व पर्यटकतर्फ (स्विम फर फन) समावेश गरिएको जानकारी दिइएको छ ।

प्रतियोगितामा महिला र पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई जनही नगद रु १० हजार, ८ हजार र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष आनन्द कुंवरले जानकारी दिएका छन् । त्यसै गरी पर्यटकतर्फ हुने स्विम फर रनका पहिलो, दोस्रो र तेस्रो हुने बिजेताले पदक, प्रमाणपत्र र विभिन्न पर्यटन संग सम्वन्धित कम्पनीहरुले फ्रि कुपन प्रदान गर्नेछन् ।

फेवाताल शुद्ध छ भन्ने नारालाई स्थापित गर्न उक्त प्रतियोगिताले भूमिका खेल्ने संघका अग्रज पर्यटन ब्यवसायी गणेश भट्टराईले जनाएका छन् । पछिल्लो समय फेवाताल अक्रिमण र प्रदषित हुँदै गए पछि पर्यटन ब्यवसायीहरु समेत चिन्तित बन्दै गएको अवस्थामा प्रतियोगिताले सचेतना जगाउन भुमिका खेल्ने बताए ।

पौडी संघ गण्डकीका सचिव अनिल थापाले फेवातालका विषयमा उठेका नकरात्मक सन्देशहरुलाई चिर्न पौडी प्रतियोगिता सहायक हुने जनाउँदै सबैको सहकार्यका लागि आह्वान गरेका छन् ।

प्रतियोगितालाई पोखरा महानगर वडा नं ६ को कार्यालय, नेपाल पर्यटन बोर्डको कार्यालय पोखरा, पोखरा पर्यटन परिषदलगायत परिषद संग आवद्ध पर्यटन संघ संस्थाहरुले सहयोग गर्ने भएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close