
पोखरा स्पोर्टस । कास्की जिल्ला अन्तर पालिकास्तरीय भलिबल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ ।
कास्की जिल्ला भलिबल संघको आयोजनामा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा सेमीफाइनल पुगने ४ टिमको टुङ्गो लागेको हो । सेमीफाइनलमा अन्नपूर्ण गाउँपालिका, रुपा गाउँपािलका ‘सेतो’, माछापुच्छ्रे र पोखरा महानगर पालिका ‘रातो’ टिम अन्तिम चारमा भिड्ने छन् ।

शुक्रबार सम्पन्न खेलबाट पोखरा महानगर ‘निलो’, मादी गाउँपालिका ‘ए’ र ‘बी’ तथा रुपा गाउँपालिका ‘रातो’ पहिलो चरणका दुबै खेलमा हार व्योहर्दै प्रतियोगिताबाट बाहिरिएका छन् ।
खेलमा पोखरा महानगर पालिका रातोले मादीदाई ३–१ को सेटमा पराजित गरी सेमीफाइनलको यात्रा तय गरेको छ । पहिलो सेट १९–२५ ले मादीलाई सम्पिएको पोखराले पछिल्ला तीन सेट २५–१७, २५–१८ र २५–१८ ले जितेको हो । त्यस्तै रुपा सेतोले मादी गाउँ पालिकाको ए लाई ३–१ को सेटमा पराजित गरी पोखरा महानगर संग सेमीपाmइनलमा भेट पक्का गरेको छ । रुपाले २५–१३, २५–१३, २५–२७ र २५–१७ ले मादी निलोलाई परािजत गर्दै पहिलो सेमीफाइनलमा पोखरा महानगर संग भेट पक्का गरेको कास्की भलिबलका उपाध्यक्ष लेखनाथ लम्सालले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
त्यसै गरी अन्नपूर्ण गाउँपालिकाले पोखरा महानगर निलोलाई २६–२४, २५–११ र २५–१९ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गर्दा माछापुच्छ्रेले रुपा गाउँपालिका रातोलाई २५–२२, २५–१८ र २५–१२ ले परिाजित गरी अन्तिम चारमा अन्नपूर्ण संग सेमीफाइनलमा भिड्ने भएको छ ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले यूवा खेलाडी उत्पादन र पहिचानका लागि यस प्रकारका प्रतियोगिताहरु महत्वपूर्ण हुने जनाउँदै खेलकुदको लगानीको सहि सदुपयोग गर्न सके मुलुक समृद्धतर्फ अघि बढ्ने बताए ।
कार्यक्रममा आफ्ना भनाई राख्दै मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले गाउँघरमा लुकेर रहेका प्रतिभावान खेलाडीहरुको पहिचानका लागि प्रतियोगिताले भूमिका खेलेको बताए ।
उद्घाटन कार्यक्रममा नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुङ, संघका केन्द्रिय सल्लाहकार नारायण प्रसाद शर्माले खेलकुदमा बजेट बढाउन प्रदेश सरकार संग आग्रह गर्दै कास्कीमा महिला भलिबल खेलाडी उत्पादनमा समेत भूमिका खेल्न आग्रह गरे ।
उद्घाटन कार्यक्रम कास्की जिल्ला भलिबल संघका अध्यक्ष विष्णु बहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।
भोली सम्पन्न सञ्चालन हुने प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रु १ लाख, उपविजेताले नगद रु ६० हजार र सेमीफाइनालिष्ट दुई टिमलाई समान नगद रु १०–१० हजार प्रदान गरिने छ ।
यसै गरी उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार र वेष्ट डिफेन्डर, वेष्ठ ब्लकर, वेष्ट सेटर, वेष्ट स्पाइकर वेष्ट सर्भर र वेष्ट प्रशिक्षकलाई जनही नगद रु २ हजार ५ सय प्रदान गरिने छ । सेमीफाइनल र फाइनल खेल शनिबार सम्पन्न हुने छ ।
