नेपाली राष्ट्रिय टोली संगै बेलायत हिंडेका १५ एन्फा पदाधिकारीहरुलाई रोक्यो मन्त्रलायले

पोखरा स्पोर्टस । बेलायतमा हुने दुई मैत्रिपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टोली संगै अखिल नेपाल फुटबल संघले पठाउन लागेका १५ जना अफिसियलहरुलाई यूवा तथा खेलकुद मन्त्रालयले रोकेको छ ।

नेपाली राष्ट्रिय टोली संगै राष्ट्रिय खेलकुद परिषद (राखेप)को स्विकृती नलिई उनीहरु बेलायत उड्न थालेका थिए । नेपाली टोलीको भिसा समयमा नआएको चर्चा उठे संगै यूवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले जानकारी लिन एन्फा संग सो बारे जानकारी लिएका थिए । उनले स्विकृती नलिई १५–१५ जना अफिसियल एन्फाले बेलायत पठाउन लागेको सूचना पाए संगै १५ पदाधिकारीहरुलाई बेलायत जानबाट रोकेका छन् ।

खेलकूद मन्त्री विराजभक्त श्रेष्ठले राखेपका सदस्य सचिवको उपस्थितिमा अखिल नेपाल फुटवल संघ एन्फाका महासचिवसँग किरण राई संग भिसा ढिलाई हुनुका बारेमा जानकारी लिन छलफलमा बोलाएका थिए ।

एन्फा महासचिब राईले मंगलबार राती सम्म भिसा आइपुग्ने जानकारी गराउँदै टोली संग एन्फाका भिआइपी पदाधिकारी ५ जना र अन्य १५ पदाधिकारी गरी थप २० जना अफिसियल बेलायत जान लागेको जानकारी दिए ।

मन्त्रालयमा भएको छलफलमा राखेपका सदस्य सचिवले टोलीमा ३० जनाको नाम स्विकृती गरेको जानकारी गराउँदै एन्फाले आफ्नो तर्फबाट थप गरेका २० जनाको नाम बारे थाहा नभएको मन्त्री श्रेष्ठलाई स्पष्ट पारे । एन्फाले ५ जना भिआइपी सहित १५ जना अन्य पदाधिकारीहरुलाई बेलायत पठाउन लागेको थियो ।

एन्फा महासचिब राईले बाकी २० जना अफिसियल आफ्नै खर्चमा जाने बताउँदै एन्फाले उनीहरूको भीसाको लागि बेलायती राजदुतावासमा सिफारिस गरेको मन्त्रीलाई जानकारी दिए ।

तर मन्त्री श्रेष्ठले राखेपबाट स्वीकृती नलिई टोली संग बेलायत जान लागेका १५ जना अफिसियलहरुको भ्रमण रोकेका छन् । यूवा तथा खेलकुद मन्त्रालयले परिषदको स्वीकृती बिना १५ एन्फा पदाधिकारीलाई बेलायत जान रोक लगाउन गृह मन्त्रालयलाई पनि पत्रचार गरेको राखेपले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close