
पोखरा स्पोर्टस । पोखरा सम्पन्न ओपन दुआथलनमा नेपालका हिमाल टमटा र मञ्जु कुमारी खड्का बिजेता बनेका छन् ।

नेपाल ट्रायथलन संघको आयोजनामा आइतबार सम्पन्न प्रतियोगितामा उनीहरु बिजेता बनेका हुन् । दुआथलन अन्तर्गतको ७ किलोमिटर र २० किमि साइक्लिङ दौड पुरा गर्न बिजेता बनेका नेपाली राष्ट्रिय खेलाडी हिमाल टमटाले ५१ मिनेट २४ सेकेण्डको समय लिए । सोही दुरी पार गर्दै पुरुष ओपन तर्फ १ घन्टा ३ मिनेट ४७ सेकेण्डको समय लिंदै दोस्रो भए भने लक्ष्मण मल्लले १ घन्टा ४ मिनेट ५८ सेकेण्डको समय लिंदै तेस्रो भए ।
यत महिला ओपनतर्फ १ घन्टा १९ मिनेट ४५ सेकेण्डको समयमा दुरी पार गरी मञ्जु कुमारी खड्का बिजेता बनिन् भने पुष्पा रोकायाले १ घन्टा २३ मिनेट ३६ सेकेण्डमा दुरी पार गरी दोस्रो भइन् । त्यसै गरी नेपालकै प्रमिला धमला १ घन्टा २८ मिनेट ३४ सेकेण्डमा दुरी पार गरी तेस्रो भइन् ।
प्रतियागिता अन्तर्गत नै सम्पन्न राष्ट्रिय दुआथलन अन्तर्गत उनीहरुलाई नै बिजेता घोषणा गरिएको छ ।
दुआथलनमा विभिन्न चार देशका पुरुषतर्फ ९ र महिलातर्फ तीन खेलाडी गरी १२ जनाले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा बिजेता खेलाडीहरुलाई पाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज गुरुङ, नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, ने गण्डकी प्रदेश सभाका पूर्व सांसद एवं संघका बरिष्ठ उपाध्यक्ष दिपक कोइराला, पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
