
पोखरा स्पोर्ट्स । गण्डकी प्रदेशका प्रतिनिधि नबोलाई केन्द्रीय पौड़ी संघको निर्वाचन राजधानीमा सम्पन्न भएको छ ।
नेपाल पौडी संघको पाँचौं राष्ट्रिय महाधिवेशनले जगतमान श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरे पनी केन्द्रीय सभामा गण्डकी लाई बाहिर राखिएको हो । नवौं रास्ट्रिय खेलकूदको पौड़ी प्रतियोगिता समेत आयोजन गारिसकेको प्रदेशलाई समेत कुनै पत्राचार नगरेको गण्डकी प्रदेश पौड़ी संघले जनाएको छ ।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा जयप्रकाश भट्टराईले वरिष्ठ उपाध्यक्ष, चित्रराज भट्ट, जुनाकुमारी कठायत र गंगालाल सिंगारले उपाध्यक्ष, ईश्वर कार्कीले महासचिव, रञ्जन भट्टराई र गंगालाल गोलेले सचिव, दिलिप वैद्यले कोषाध्यक्ष तथा योगेन्द्रमान श्रेष्ठले सह–कोषाध्यक्षको जिम्मेवारी पाए ।
दीपक सागर सिंह, विकास शर्मा, टेकबहादुर थापा, पुकार गिरी, विष्णाप्रसाद न्यौपाने, भरत तामाङ, जनक थापा, पञ्चा सिंह, अनिश महर्जन, उमेश प्रधान, रुपेशमान सिंह, हर्वेन्द्र यादव, विष्णु खड्का, विजेनमान श्रेष्ठ र शिरीष गुरुङ सदस्यमा चयन भए ।
साधारणसभामा केन्द्रीय कार्यसमितिका २४, ६ प्रदेशका ११, प्राविधिक १ र ओलम्पियन १ गरी ३७ प्रतिनिधिको उपस्थिति रहेको नवनिर्वाचित सचिव गोलेले जनाएका छन् ।
मनोनितसहित केन्द्रीय कार्यसमिति ३१ सदस्यीय रहेको छ । १ उपाध्यक्ष र ५ सदस्य गरी ६ जनाको मनोनयनपछि केन्द्रीय कार्यसमितिले पूर्णता पाउने छ । साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।
