ब्याडमिन्टन-२१ एकेडेमीद्वारा काठमाडौं र भक्तपुरमा प्रशिक्षण सुरु

पोखरा स्पोर्टस । ब्याडमिन्टन-२१ एकेडेमीद्वारा आयोजित इन्डो नेपाल ब्याडमिन्टन ट्रेनिङ क्याम्प भक्तपुर र काठमाडौंमा सुरुवात भएको छ ।

भक्तपुर भादगाउँ स्पोर्ट्स एण्ड लिजर र काठमाडौंको कठायत ब्याडमिन्टन एकेडेमीमा सुरुवात गरिएको हो । उक्त क्याम्पमा नेपाली १० खेलाडी सहभागि छन् भने क्याम्पमा सहभागि हुन भारतको भोपाल र झारखण्डबाट १० जना जुनियर ब्याडमिन्टन खेलाडी संगै भारतिय सिनियर प्रशिक्षकको टोली हिजो नेपाल आइपुगेको छ ।

भक्तपुरको प्रशिक्षण क्याम्पको थालनी मदन भण्डारी स्पोर्टस एकेडेमीकी केन्द्रीय सदस्य सुमित्रा थापा र काठमाडौं क्याम्पको थालनी राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सुभाष श्रेष्ठले गरेका छन्‌ । नेपाल ब्याडमिन्टन सङ्घ नरहेको शून्य समयमा ब्याडमिन्टन-२१ एकेडेमीले क्याम्पको आयोजना गर्नु व्याडमिन्टन खेल विकासका लागि समेत् महत्वपूर्ण हुने राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य श्रेष्ठको भनाई थियो ।

ब्याडमिन्टन-२१ एकेडेमी इन्डियाका फाउन्डर विकास शुक्लाले यस किसिमको क्याम्पले दुई राष्ट्रबिचको खेलाडि खेलाडी तथा प्रशिक्षकहरू भाइचारा बढाउनुका साथै खेलस्तर बढ्ने कुरा बताए ।

ब्याडमिन्टन-२१ एकेडेमी नेपालका डाइरेक्टर उदय अर्यालले यस्तो क्याम्पको आयोजनाबाट नेपाली ब्याडमिन्टन खेलाडीहरूलाई फाइदा हुनुको साथै खेल पर्यटनले टेवा पुग्ने बताएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close