कर्णालीलाई पराजित गर्दै गण्डकी प्रदेश छात्र भलिबल टिम उपाधि नजिक

पोखरा स्पोर्टस । कर्णाली प्रदेशलाई पराजित गर्दै गण्डकी प्रदेशको छात्र भलिबल टिम उपाधि नजिक पुगेको छ ।

केन्द्रियस्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत बिहिबार सम्पन्न सेमीफाइनलमा कर्णाली प्रदेशलाई २–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

गण्डकीले पहिलो सेट २५–१७ जित्दै कर्णालीलाई दबावमा राख्यो तर दोस्रो सेट २३–२५ ले कर्णालीलाई सुम्पिन पुग्यो ।

तर निर्णायक तेस्रो सेटमा खेलमा फर्किदै १५–१२ ले आफ्नो पक्षमा पार्दै गण्डकी फाइनल प्रवेश गरेको टिम म्यानेजर पूर्ण बहादुर गुरुङ ‘जापान’ले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

गण्डकीले अब फाइनलमा लुम्बिनी प्रदेश विरुद्ध भिड्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close