
पोखरा स्पोर्टस । केन्द्रियस्तरीय राष्ट्रपति रनिङ शिल्डमा गण्डकी प्रदेशको छात्र भलिबल टिम सेमीफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौंमा भर्खरै सम्पन्न प्रतियोगितामा मधेश प्रदेशलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेको गण्डकी प्रदेश भलिबल संघका सदस्य एवं टिम म्यानेजर पूर्ण बहादुर गुरुङ ‘जापान’ले पोखरा स्पोर्टसलाई जानकारी दिएका हुुन् ।
समुह ‘बी’ अन्तर्गत भएको खेलमा गण्डकीले २५–१३, र २५–११ ले मधेशलाई पराजित गरेको हो ।
गण्डकीले आफ्ना दुई खेल जित्दै समुहमा ६ अंकका साथ शिर्ष स्थानमा रहन सफल भएको टिम प्रशिक्षक लेखनाथ लम्सालले जानकारी दिए ।
हिजो सम्पन्न खेलमा गण्डकीले बागमतीलाई २–० को सोझो सेटमा पराजित गरेको थियो ।
सेमीफाइनलमा खेल्ने टिमको भने अझै टुङ्गो नलागेको अर्का प्रशिक्षक मिलन रोकाले जनाएका छन् । समुह ‘ए’ अन्तर्गतका खेलहरु जारी रहेको जनाउँदै केही बेरमा आउने नतिजाले गण्डकी संग सामना गर्ने टिमको टुङ्गो लाग्ने छ ।
यस अघि गण्डकीको छात्रा टिम समेत समुहको विजेता बन्दै सेमीफाइनल प्रवेश गरेको छ ।
