
पोखरा स्पोर्टस । केन्द्रियस्तरीय १४ औं राष्ट्रिपति रनिङ शिल्डमा गण्डकी प्रदेशका दुई खेलाडीले पदक जितेका छन् ।
गण्डकीले आजबाट सुरु भएको तेक्वान्दा्े पुम्से छात्रातर्फ रजत र छात्रतर्फ काश्य पदक जितेको हो ।
गण्डकीकी प्रतिक्षा रानाले छात्रा पुम्से प्रतिस्पर्धामा रजत पदक जित्न सफल भएकी छन् ।
त्यसै गरी छात्र पुम्सेतर्फ सचिन विकले काश्य पदक दिलाएको टिम प्रशिक्षक रेखमायाँ गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिइन् ।
यो संगै गण्डकीले दोस्रो दिन सम्म ३ स्वर्ण, ५ रजत र २ काश्य पदक जितेको छ ।
