
पोखरा स्पोर्टस । १४ औं राष्ट्रिपति रनिङ शिल्डमा गण्डकी प्रदेशकी निशा घर्तीले छात्रा लङ जम्पमा रजत पदक जितेकी छन् ।
काठमाडौंमा जारी प्रतियोगिता अन्तर्गत निशाले उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक हात पारेकी हुन् । उनले ४.७० मिटर जम्प गरिन् ।
सोही इभेन्टमा बागमती प्रदेशकी प्रतिशा महतोले स्वर्ण पदक जितेको एथलेटिक्स प्रतियोगिताकी अफिसियल इन्द्रा मल्लले जानकारी दिइन् । उनले ४.९५ मिटर जम्म गरेकी थिइन् ।
त्यस्तै ४.६८ मिटर जम्प गरेकी सुदुरपश्चिमकी प्रतिशा महतोले काश्य पदक जितेकी छन् ।
यो सहित गण्डकीले मेडल तालिकामा एक पदक थपेको छ । गण्डकीले ३ स्वर्ण ३ रजत र १ काश्य पदक जितेको छ ।
