
पोखरा स्पोर्टस । कास्कीका यूवा टेनिस खेलाडी सौगात विक प्रशिक्षकका रुपमा माल्दिभ्स प्रस्थान गर्ने भएका छन् ।

लामो समयदेखि पोखरामा टेनिस खेल्दै आएका सौगात संगै नविन पाइजा मगर र निरज गुरुङ समेत कर्मथलो मालदिभ्स फर्किएका छन् । नविन र निरज दुवै जना मालदिभ्समा टेनिस प्रशिक्षकको रुपमा कार्यरत छन् । कास्की जिल्ला टेनिस संघले सौगातसंगै नविन र निरजलाई एक कार्यक्रम गरी विदाई गरेको हो ।
खेलाडी बिदाई कार्यक्रममा बोल्दै कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्गले यो क्षण संघका लागि खुसिसंगै दुःखको क्षण समेत् भएको बताए । पोखराले खेलाडी उत्पादन गर्दै दक्ष बनाएर उनीहरुलाई व्यवसायिक ढोका खोल्न सफल भएकोमा खुसि मान्नुपर्ने बताउँदै उनले दक्ष खेलाडीहरु पलायन हुनु अर्कोतर्फ दुःखको विषय रहेको बताए ।
निरज र नविन दुवैले मालदिभ्समा मासिक ९ सय अमेरिकी डलर पारिश्रमिक बुझ्दै आएका छन् । नविन मगर पोखरामा रहँदा सम्भावना बोकेका उदीयमान खेलाडीका रुपमा देखा परेका थिए । उनले नेपालमा आयोजित विभिन्न प्रतियोगिताहरुमा भाग लिइ सकेका छन् । केहि समयका लागि जन्मथलो आएका नविन र निरजले यहाँ पोखरामा रहँदा सम्म आफुसंग भएका प्रतिभा यहाँका युवा खेलाडीसंग साटेका छन् ।
बिदाई कार्यक्रममा कास्की टेनिसका संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थले कास्कीको टेनिस नयाँ अभियानमा अघि बढेको बताउँदै अबको केही वर्षमा नै निरज, नविन र सौगात जस्तै खेलाडी र प्रशिक्षकहरु उत्पादन गर्ने बताए ।
कार्यक्रममा कास्की टेनिसका उपाध्यक्ष राजकुमार गुरुङ, सचिव नविन श्रेष्ठ, प्रशिक्षक निरज थापालगायतले उनीहरुलाई विदाई गरेका थिए ।
साथमा यो पनि
https://pokharasports.com/2024/03/23/49403/
