
पोखरा स्पोर्टस । सात प्रदेश सम्मिलित प्रथम बागमती प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश पुरुष भलिबल टिमले उपाधि जितेको छ ।
चितवनको भरतपुरमा भर्खरै सम्पन्न फाइनलमा कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरी उपाधि जितेको हो ।
गण्डकीले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१८ ले जित्दै उपाधि हात पारेको छ ।
प्रतियोगितामा गण्डकीका हिमाल सुनारी उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
गण्डकीले यो जित संगै स्वर्ण पदक जित्दै मेडल तालिकामा थप एक स्वर्ण थपेको छ । गण्डकीले जारी प्रतियोगितामा कुल १० स्वर्ण पदक जितेको छ ।
