
पोखरा स्पोर्टस । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगितामा गण्डकीले बक्सिङतर्फ ५ स्वर्ण, ३ रजत र ६ काश्य पदक जितेको छ ।
नेपाली राष्ट्रिय प्रतियोगितामा गण्डकीले हाल सम्म जितेको यो सर्वाधिक पदक हो । सम्पन्न प्रतियोगितामा गण्डकीले महिला बक्सिङतर्फ एक स्वर्ण हात पार्दा पुरुषतर्फ ४ स्वर्ण पदक हात पारेको छ । गण्डकीले समग्रमा बक्सिङतर्फ दोस्रो स्थान हात पारेको छ ।
गण्डकीकी सोनिया बरुवालले ५२ केजी तौलमा स्वर्ण पदक हात पारिन् भने अश्मिता बस्नेतले ७० केजीमा र जोशिका श्रेष्ठले ७५ केजीतौलमा रजत पदक हात पारे ।
त्यस्तै पुरुषतर्फ निश्चल गुरुङले ६० केजी तौलमा, तार्जन घर्ती मगरले ७५ केजी तौलमा, किरण विकले ८६ केजी तौलमा र शुनिल श्रेष्ठले ८६ केजी तौलमा स्वर्ण पदक जितेका हुन् । त्यस्तै निशान गुरुङले ७१ केजी तौलमा रजत पदक जितेका छन् ।
राजेश पाण्डेले ४८ केजीमा, चन्द्र बहादुर थापाले ५७ केजीमा, आयूष तामाङले ६७ केजीमा, याम बहादुर केसीले ८० केजीमा र सुदिप गुरुङ ९२ केजी तौलमाथी काश्य पदक जिते भने महिलातर्फ दिक्षा राईले गण्डकीका लागि एक काश्य पदक दिलाएकी छन् ।
