
पोखरा स्पोर्टस । सात पदेश सम्मिलित ‘प्रथम बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता’ अन्तर्गत गण्डकी प्रदेशको महिला भलिबल टोली फाइनल प्रवेश गरेको छ ।
भर्खरै चितवनको भरतपुरमा सम्पन्न सेमीफाइनमा लुम्बिनी प्रदेशलाई ३–१ को सेटमा हराउँदै गण्डकी फाइनलमा प्रवेश गरेको हो ।
नेपाली महिला राष्ट्रिय टिमकी कप्तान समेत रहेकी अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिएको गण्डकीले पहिलो सेट २६–२४ ले जित्दै सुरुवाती क्षणबाटै लुम्विनीलाई दवावमा राख्यो ।
दोस्रो सेट समेत २५–२१ ले आफ्नो पक्षमा पारेको गण्डकीले तेस्रो सेट भने २५–११ ले लुम्बिनीलाई सुम्पिन पुग्यो ।
तर चौथो सेटमा गण्डकी पुनः खेलमा फर्किदैं २५–१५ ले लुम्विनीलाई स्तव्ध पार्दै फाइनलमा स्थान पक्का गर्न सफल भयो ।
गण्डकी महिला टोली राष्ट्रिय प्रतियोगिता अन्तर्गत लामो समय पछि फाइनल प्रवेश गरेको हो ।
फाइनल खेल भोली (शुक्रबार) हुनेछ ।
