
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीका सल्लाहकार सुनिल गुरुङलाई पितृ शोक परेको छ ।
सुनिलका पिता पोखरा बुद्धचोक निवासी ९१ बर्षीय बिल बहादुर गुरुङको काठमाडौंमा उपचारको क्रममा मंगलबार बेलुका ९ बजे निधन भएको हो ।
विभिन्न संघ संस्थामा कृयाशिल व्यवसायी एवं समाजसेवी स्व.गुरुङ पेट्रेलियम डिलर्स एशोसियसन गण्डकीको संस्थापक अध्यक्ष, बौद्ध अघौं सदनको संस्थापक सचिव एवं अध्यक्ष, कालिका मावि बिद्यालय व्यबस्थापन समितिको अध्यक्ष, पोखरा उद्योग बाणिज्य संघको सदस्य, मनकामना पेट्रोल पम्प, जय बुद्ध आयल स्टोर्सको संचालक लगायतका विभिन्न संघ/संस्थामा आबद्ध हुनुहुन्थ्यो । उहाँ केही समय यता निमोनियाका कारण उपचारको क्रममा रहनुभएको थियो ।
सामान्य पेटको दुखाईबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गर्न लगिएको गुरुङको थप उपचारको लागि काठमाण्डौं लगिए पनि काठमाण्डौंको ग्राण्डी हस्पिटलमा ९ दिनसम्म उपचार गर्दा उहाँको मंगलबार निधन भएको हो ।
स्वर्गिय गुरुङको आज अन्त्यष्टि गरिने भएको परिवारले जनाएको छ । स्वर्गिय गुरुङका दुई श्रीमती, ३ छोरा, २ छोरी छन् ।
