
पोखरा स्पोर्टस । गण्डकी प्रदेशको पुरुष क्रिकेट टोली बागमती अन्तर प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन चितवनतर्फ प्रस्थान गरेको छ ।
बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा जारी प्रतियोगितामा पुरुष क्रिकेट प्रतियोगिता भोली (बुधबार)बाट सुरु हुने भएको हो ।
गण्डकीले आफ्नो पहिलो खेल बागमती प्रदेश संग खेल्ने छ ।
गण्डकीको टोलीमा इश्वर क्षेत्री, अर्जुन कुमाल, दिपक डुम्रे, दिनेश बुढा मगर, करण पगेनी, सन्दिप खत्री क्षेत्री, रोशन गौतम, अर्जुन रायमाझी, विपिन खत्री, सुभाष भण्डारी, कमल परियार, सन्दिप पराजुली, अंकित न्यौपाने र अमृत गुरुङ रहेका छन् ।
गण्डकीको टोलीको प्रशिक्षकमा रिजन प्रजु र टिम म्यानेजरमा मदन तिमिल्सिना रहेका छन् ।
टोलीलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य केशव पाठक, गण्डकी प्रादेशिक क्रिकेट संघ छनौट समितिका सदस्य चन्द्र गुरुङ ‘जिम्मी’ले बिदाई गरेका थिए ।
