
पोखरा स्पोर्टस । गण्डकी प्रदेशका तिर्थ पुनले जिते लुम्बिनी पिस म्याराथनको उपाधि जितेका छन् ।
अन्तर्राष्ट्रिय खेलकुद दिवसमा आयोजित बागलुङका तिर्थ पुनले शनिबार रुपन्देहीको बैद्ध जन्मस्थल लुम्बिनीमा सम्पन्न (४२.१९५ किमि) म्याराथनमा निर्धारित दुरी २ घण्टा २० दशमलव ४९ सेकेन्डमा पुरा गर्दै उपाधि जिते । उपाधि सहित तिर्थले नगद रु ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

त्यसै गरी खड्ग बहादुर खड्का २ घण्टा २० दशमलव ५७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै दोस्रो बन्दा २ घण्टा २२ दशमलव २७ सेकेन्डमा पार गरेका दुर्गा बहादुर बुढा तेस्रो बन्न सफल भए ।
दोस्रो भएका खड्गले नगद रु ३ लाख र तेस्रो बनेका दुर्गाले नगद रु २ लाख रुपैयाँ प्राप्त गरे ।
लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको महिलातर्फ सम्पन्न हाफ म्याराथन सन्तोषी श्रेष्ठले जितेकी छिन् । उनले दुरी १ घन्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन् ।
नेपाली सेनाकी पूर्णराज्य लक्ष्मी न्यौपानेले १ घन्टा १९ मिनेट २१ सेकेन्डमा पूरा गर्दै दोस्रो भइन् भने एपीएफकी पुष्पा भण्डारी भने १ घन्टा २५ मिनेट १४ सेकेन्डमा पूरा गरी तेस्रो बनिन् । श्रेष्ठ, न्यौपाने र भण्डारीले क्रमशः २ लाख , १ लाख ६० हजार र १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
अन्तर्राष्ट्रिय खेलकुद दिवसमा अयोजिन लुम्विनी पिस म्याराथन प्रदेश खेलकुद परिषद् लुम्बिनी र नेपाल ओलम्पिक कमिटि तथा नेपालस्थित चिनिया दुतावासको सहयोगमा सम्पन्न भएको हो ।
