नेपाली जुनियर टेनिस टोली मलेसिया प्रस्थान

पोखरा स्पोर्टस । आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपको फाइनल चरणमा सहभागी हुन नेपाली टेनिस टोली शुक्रबार मलेसियाको कुचिङ प्रस्थान गरेको छ ।

अप्रिल ८ देखि १९ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा वृजेश अर्याल र असभसम्राट हाडाले प्रतिस्पर्धा गर्ने छन् । महिलामा शिभाली गुरुङ र स्वस्तिका विष्टले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा सूर्यभुषण वज्राचार्य छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघका सदस्य अजय विष्ट र जयजीव हाडाले एक कार्यक्रमबीच बिदाइ गरे ।

शिभाली र स्वस्तिका भने मलेसियामै रहेको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close