
पोखरा स्पोर्टस । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहिबारदेखि ईन्डो नेपाल टि–२० च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ ।
उक्त प्रतियोगिताको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गरेकी छन् । सो अवसरमा बोल्दै प्रमुख दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुर काम द्रुत गतिमा निर्माण हुने बताएकी छन् । उनले भनिन्–“हामी गिौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुर काम पुरा गर्दै यू १९ महिला विश्वकप खेल यही रंगशालामा खेलाउने गरी तयारी गर्नेछौं ।”
यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गराउनका लागि नेपाल क्रिकेट संघ, खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई अनुरोध गरिएको बताउँदै प्रमुख दाहालले भनिन्–“फागुन १७ गते टेण्डर आह्वान भएको छ । रंगशाला निर्माण हुन्छ कि हुदैन भन्ने आशंका पनि हट्यो । महानगरले द्रुत गति रंगशला निर्माणको नेतृत्वदायी भूमिका निर्वाह गर्छ।”
रंगशाला निर्माणको लागि संघ, प्रदेश र भरतपुर महानगरको संयुक्त रुपमा सहकार्य गरी अगाडि बढेकाले निर्माणको कार्यले छिटोभन्दा छिटो पूर्णता पाउने प्रमुख दाहालले बताइन् ।
भरतपुर महानगरपालिका क्रिकेटमा मात्र नभई सबै प्रकारको खेलकुद गतिविधि गर्ने नेपालकै उत्कृष्ट पालिकाको रुपमा सम्मानित भएको स्मरण समेत् गरिन् । प्रमुख दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विगत ५ महिनादेखि निरन्तर रुपमा खेलकुद गतिविधि सञ्चालन हुँदै आइरहेको बताइन् ।
अगामी चैत २६ गतेदेखि वागमती प्रदेश सरकारको आयोजनामा अन्तर प्रदेश स्तरीय खेलकुद प्रतियोगिता भरतपुरमै हुन लागेको सो अवसरमा जानकारी दिइन् । प्रतियोगितामान क्रिकेट, फुटबल, भलिबल, स्वीमिङ, तेक्वान्दोलगायतका विभिन्न विद्याको खेल हुँदैछ।
चितवन जिल्ला क्रिकेट संघको आयोजनामा यही चैत ८ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सिंगल राउन्ड रोबिनका आधारमा हुने खेलमा नेपालका ४ टिम बागमती प्रदेश, मधेस प्रदेश, सुदूरपश्चिम प्रदेश, आयोजकको तर्फबाट भरतपुर मेयर्स ११ र भारतीय टोलीमा कलकत्ता र लखनउ ११ गरी ६ टिमबीच प्रतिस्पर्धा हुनेछ ।
