गण्डकी पारा खेलकुदमा विभिन्न इभेन्टहरु सम्पन्न

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा बुधबार पहिलो दिन विभिन्न इभेन्टहरु सम्पन्न भएका छन् ।

पोखरा रंगशालामा पहिलो दिन मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता र अटिजम अपाङ्गता गरी तीन विभिन्न खेलका इभेन्टहरु सम्पन्न भएका हुन् । यस अघि उक्त प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।

मनोसामाजिक अपाङ्गता म्युजिकल चियर प्रतियोगितामा विपना तामाङ्ग प्रथम, मनिशा भुसाल द्वितिय, सुजिता परियार तृतिय र ऋतु मजाकोटी चौथो भएकी छन् । बिजेताहरुले क्रमश नगद रु ५ हजार, ३ हजार, १ हजार पाँचसयका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

त्यसै गरी बौद्धिक अपाङ्गता ८ देखि ११ वर्ष उमेर समुह ५० मिटर दौडमा पुरुषतर्फ विप्सन रोका र अरव जेटी र प्रिन्स गुरुङ क्रमश पहिलो, दोस्रो र तेस्रो हुँदा महिलातर्फ गुराँस रम्तेल, सुहानी बराल र प्रज्ञा कार्की पहिलो, दोस्रो र तेस्रो भएका छन् ।

त्यस्तै गरी बौद्धिक अपाङ्गता ११ देखि १५ वर्ष उमेर समुह १०० मिटर दौडमा पुरुषतर्फ सानु रिजाल पहिलो, प्रसान्त गुरुङ दोस्रो र तेज प्रसाद अधिकारी तेस्रो भएका छन् महिलातर्फ दिपशिखा श्रेष्ठ पहिलो, अनिशा कुमाल दोस्रो र प्रतिभा पौडेल तेस्रो भएका छन् ।

यसै गरी अपाङ्गता १६ वर्ष उमेर माथी २०० मिटर दौडमा पुरुषतर्फ सागर शेरचन पहिलो, शिशिर पौडेल दास्रो र मलन गुरुङ तेस्रो हुँदा महिलातर्फ १०० मिटर दौडमा ऋतु गुरुङ पहिलो, हेलेन श्रेष्ठ दोस्रो र प्रकृती केसी तेश्रो हुन सफल भए ।

बुधबार नै सम्पन्न अटिजम अपाङ्गता दौड सिकाई समुह ३ देखि ५ पुरुषतर्फ रिजन आचार्य, प्रतिक अधिकारी र सागर गुरुङ महिलातर्फ आध्या अधिकारी, सुविना अधिकारी र शर्मिला गिरी क्रमश पहिलो, दोस्रो र तेस्रो भएका छन् ।

सोही इभेन्ट सिकाई समुह ६ देखि १० तर्फ पुरुषतर्फ सञ्जिव कुंवर, रेगम गुरुङ र सिजन गुरुङ तथा महिलातर्फ प्रयुश लामिछाने, प्रियन्स भण्डारी र निमेश पौडेल क्रमश पहिलो, दोस्रो र तेस्रो भएका छन् । त्यस्तै सिकाई समुह १० माथी सुभन गुरुङ, अनुकुल लम्साल र आर्यान खत्री तथा महिलातर्फ प्रान्जली घिमिरे, आध्या अधिकारी र सर्लिन गिरी क्रमश पहिलो, दोस्रो र तेस्रो हुन सफल भएका छन् ।

उनीहरुले नगदुसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । बिजेता खेलाडी तथा सहभागिहरुलाई प्रदेश खेलकुदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ र ऋषीराम गौतम, परिषदका सदस्य विष्णुमायाँ गुरुङ, कार्यक्रमका संयोजक एवं परिषदका सदस्य अमृत बराल, प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसाल, गण्डकी एथलेटिक्स संघका अध्यक्ष हरि बरुवाल, पोखरा महानगर खेलकुदका सदस्य भरतविक्रम बानियाँ, बौद्धिक अपाङ्गता संघका केन्द्रिय महासचिव रामनारायण श्रेष्ठ, कास्की नेत्रहिन संघका कार्यालय प्रमुख एक बहादुर गुरुङलगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

पहिलो दिन उक्त प्रतियोगतामा करिव ८० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिता अन्तर्गत चैत्र १० गते क्रिकेट महिला पुरुष, ह्विल चियर बास्केटबल, ह्विलचियर टेबुल टेनिस, भलिबल, ब्याडमिन्टन र बोसियाका खेलहरु सञ्चालन हुने संयोजक बरालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close