
पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघले विद्यार्थीहरुलाई लक्षित गर्दै ‘समर टेनिस क्याम्प’ कार्यक्रम सुरु गर्ने भएको छ ।
‘इम्प्रुभ योर टेनिस विथ स्किल प्रोफेसनल कोच’ भन्ने नाराका साग यहि चैत्र १७ गतेबाट उक्त कार्यक्रम सुरु गर्ने भएको हो ।
करिव एक महिना सञ्चालन हुने उक्त कार्यक्रम अन्तर्गत वार्षिक परिक्षा दिएर बसेका बालबालिकालाई टेनिस प्रशिक्षण दिने उद्धेश्यका साथ मैदानमा ल्याउने तयारी गरिएको कास्की टेनिसका सचिव नविन श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

“हाम्रो उद्धेश्य परिक्षा दिएर घर बसेका विद्यार्थी भाई बहिनीहरुलाई टेनिस सिकाउने हो”, सचिव श्रेष्ठले भने– “यो हाम्रो वार्षिक कार्यक्रम हो ।” विद्यार्थीहरुलाई मोबाइलबाट टाढा राख्न र उनीहरुलाई पोखरा रंगशाला सम्म ल्याउनु रहेको जनाउँदै उनले भने–“हामी अभिभावकहरुलाई यो अभियानमा साथ दिन आग्रह गछौंं ।”
कास्की टेनिसले टेनिस विकासका लागि ग्रास रुट लेभलको प्रशिक्षण सुरुवात गर्ने योजना अनुरुप समर क्याम्पको कार्यक्रम अघि सारेको जनाउँदै समर क्याम्प अन्तर्गत ६ देखि १४ वर्ष भित्रका बालबालिका लाई प्रशिक्षण दिइने सचिव जानकारी दिए ।
