‘काठमाडौं–पोखरा–मुक्तिनाथ ट्रान्स हिमालय एडभेन्चर’ चैत १९ मा सुरु हुँदै

पोखरा स्पोर्टस । ट्रान्स हिमालय एडभेन्चरको पहिलो संस्करण चैतको १९ गतेदेखि सुरु हुने भएको छ ।

नेपाल अटोमोबाईल एसोसियसन (नासा नेपाल)को मोटरसाईकल र टुरिङ कमिसनको संयुक्त आयोजनामा हुने कार्यक्रम चैतको १९ देखि २३ गतेसम्म सञ्चालन हुने भएको हो । नेपाललाई विश्वकै मोटर स्पोर्टस्को गन्तव्य बनाउने अभियानमा सहयोग पुर्‍याउने उद्धेश्यले आयोजना हुने कार्यक्रममा काठमाडाँै देखि पोखरा, जोमसोम, पोखरासम्म मोटरसाईकल टुरिङ र्‍याली हुनेछ ।

कार्यक्रमको दौरान बन्दीपुर, पोखरा, घान्दु्रक, वाग्लुङ्ग, तातोपानी, रुप्से झरना, लेते कागबेनी, मार्फा, धुम्बाताल, जोमसोम, मुक्तिनाथ, लुम्ले र कुस्माको फोटोग्राफी, भिडियोग्राफी सहित सेफ्टी राईडिङ्ग सम्वन्धित जनचेतना मुलक कार्यक्रम समेत हुनेछ ।

जोमसोममा मोटोखाना रेसिङ, सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धि विभिन्न क्रियाकलाप हुने आयोजना नासा नेपालले जनाएको छ । राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसनको सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा हुने कार्यक्रममा पोखरामा हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर समापन हुनेछ ।

कार्यक्रम संयोजक अनिलकुमार बरालले ट्रान्स हिमालय एडभेन्चरले नेपाली खेलकुद तथा पर्यटनमा छुट्टै पहिचान बनाउने बताएका छन् । उनले भने–‘राष्ट्रिय खेलकुद परिषद्ले नेपालको साहसीक तथा पर्वतीय खेलकुदमा लिएको चासो दिगो खेल पर्यटनको आधार बन्ने विश्वास देखिएको छ ।’

ट्रान्स हिमालय एडभेन्चरमा ७० भन्दा बढि मोटरसाइकलहरुको सहभागिता हुने नासा मार्शल कमीशनका कोर्डिनेटर आशीष लामिछानेले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् । पोखरा स्पोर्टस संग कुरा गर्दै उनले पहिलो पटक आयोजना भएको यो कार्यक्रमले मुख्यतः शुरक्षित यात्रा संगै एडभेन्चर मोटरस्पोर्टस खेलका लागि यस क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्नु रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close