अन्तरनगर महिला कवड्डीमा पोखरा महानगरको टिम क्वाटर फाइनलमा

पोखरा स्पोर्टस । भक्तपुर अन्तरनगर महिला कवड्डीमा पोखरा महानगर पालिकाको टिम क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

भक्तपुर नगरपालिकाको आयोजना जारी प्रतियोगितामा पोखरा महानगर अन्तिम आठमा प्रवेश गरेको हो । क्वाटरफाइनलमा प्रवेश गरे संगै पोखराले अब आयोजक भक्तपुर विरुद्ध चुनौती पस्किने भएको प्रशिक्षक सन्दिप पन्तले जनाएका छन् ।

पोखरा महानगरले जारी प्रतियोगितामा मिश्रित परिणाम निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेल मेलौली विरुद्ध पराजित भएको पोखरा महानगरको महिला टिमले सिद्धिचरण नपा विरुद्ध भने जित निकाल्न सफल भएको थियो । लिगको अन्तिम खेलमा कलैया विरुद्ध जित निकालेको थियो ।

एक खेलमा हार र एकमा जितसहित पोखरा महानगरले ६ अंक बटुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close