कार्यक्रमको मिति निर्धारण गर्न खेल संघहरुलाई राखेप सदस्य सचिबको निर्देशन

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विभिन्न राष्ट्रिय खेल संघलाई कार्यक्रम (प्रतियोगितालगायत) को मिति निर्धारण गर्न मंगलबार निर्देशन दिएका छन् ।

विभिन्न खेल संघका पदाधिकारीको उपस्थितिमा भएको बैठकमा चालू आवमा कार्यक्रम भएर पनि मिति निर्धारण नगर्ने संघका पदाधिकारीलाई यथाशीघ्र मिति निर्धारण गरी तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

त्रिपुरेश्वरस्थित राखेपमा सदस्य–सचिव घिसिङको अध्यक्षतामा बसेको बैठकमा अखिल नेपाल फुटबल संघ, नेपाल आर्चरी संघ, नेपाल जुडो संघ, नेपाल हक्की संघ, नेपाल रिङ रेस्लिङ संघ, अखिल नेपाल टेबलटेनिस संघ, नेपाल बक्सिङ महासंघ, नेपाल खो खो संघ, नेपाल रग्बी संघलगायतका पदाधिकारी उपस्थिति रहेको थियो ।

बैठकमा सदस्य–सचिव घिसिङले संघको पेश्की, बेरुजु, संघ नवीकरण र निर्वाचनलगायतका विषयमा पनि चासो व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close