पोखरा इन्ड्यूरो रेसका लागि मार्शल तथा प्राविधिक तालिम सम्पन्न

पोखरा स्पोर्टस । पोखरा राइडर्सको आयोजनामा पोखरा इन्ड्यूरो रेसलाई लक्षित गरेर प्राविधिक तथा मार्शल तालिम सम्पन्न भएको छ ।

यही चैत्र २३ र २४ गते पोखरामा हुने ‘प्रथम पोखरा मोटो-इन्ड्यूरो क्रस चैम्पियनशिप २०२४’ कार्यक्रमलाई लक्षित गर्दै उक्त तालिम सञ्चालन गरिएको हो । उक्त तालिम नासा गण्डकी प्रदेशको सहयोगमा आयोजना गरिएको आयोजकले जनाएको छ ।

५० जनाको सहभागितामा भएको उक्त तालिममा नासा मार्शल तथा ट्रेनिंग कमिशनका कोर्डिनेटर तथा ट्रेनर आशीष लामीछाने, आशीष रौनियार र क्षितिज श्रेष्ठले सहजिकरण गरेका थिए । सहभागि मार्शलहरुलाई शैद्धान्तिक र प्राविधिक पक्ष बारे जानकारी दिंदै मोटर स्पोर्टसका लागि आवश्यक प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नासा गण्डकीका अधक्ष्य शिव श्रेष्ठ, कास्की साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारी, पश्चिमांचल क्षेत्रीय अस्पतालका हाई अल्टीट्यूड रेस्क्यू विशेषज्ञ डा. सन्तोष बानियाको उपस्थिति थियो ।

उक्त तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने तालिममा उत्कृष्ट भएका सुबास गुरुङ्गलाई नासा मार्शल कमिशनका तर्फ़बाट हौसला स्वरुप पुरस्कार प्रदान गरिएको थियो ।

नासा मार्शल कमीशनका कोर्डिनेटर आशीष लामिछानेले तालिममा सहभागी मार्शलको समर्पणले आगामी दिनमा गण्डकी प्रदेशमा हुने मोटोस्पोर्ट्स खेलको लागी उत्कृष्ट मार्शलहरु उत्पादन हुनेमा आफू विश्वस्त रहेको बताए ।

सो अवसरमा बोल्दै नासा गण्डकीका अध्यक्ष शिव श्रेष्ठले गण्डकी प्रदेशमा साहसिक खेल प्रवर्द्धनका लागी नासा गण्डकी सहयोग गर्न तयार रहेको जनाउँदै मोटोस्पोर्ट्सको विकासका लागि सबैको सहभागिता आवश्यक रहेको औंल्याए ।

कास्की साइक्लिङ्ग संघका अध्यक्ष शंकर भण्डारीले यस प्रकारका प्राविधिक प्रशिक्षणकले खेलको विकासमा महत्वपूर्ण योगदान दिने बताउँदै तालिमबाट लाभ लिन सबैको ध्यान आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close