पर्वतको बनौंले जित्यो पुन युनाइटेड बास्केटबल प्रतियोगिताको उपाधि

पोखरा स्पोर्टस । पुन एकता क्लब नदिपुर, पोखराको आयोजनामा भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ पर्वतको बनौं बास्केटबल टिम च्याम्पियन बनेको छ ।

रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा शनिबार भएको फाइनल खेलमा कास्कीको मर्दीखोला बास्केटबल टिमलाई ७७–६७ स्कोरले हराउँदै बनौंले उपाधि रक्षा गरेको हो । गत वर्ष समेत बनौले उपाधि जितेको थियो । उपाधि जितेको बनौंले १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्राप्त गरेको छ ।

उपविजेता बनेको मर्दीखोलाले द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले उपाधि जितेको छ । शनिबार नै भएको फाइनलमा अमिचि क्याफेलाई ९–७ स्कोरले पराजित गर्दै अन्नपूर्ण च्याम्पियन बनेको हो ।

च्याम्पियन बनेको अन्नपूर्णले २० हजार र उपविजेता अमिचिले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

भेट्रान्सतर्फ लामाचौरले एक्स एबिसीलाई ५४–४० स्कोरले जित्दै प्रथम भयो । उपाधि जितेको लामाचौरले ३५ हजार र द्वितिय भएको एबिसीले ले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्‍यो ।

प्रतियागितामा पुरुषतर्फ बनौंका पुस्कल छन्त्याल, महिलातर्फ अन्नपूर्णकी कुसुम गुरुङ र भेट्रान्सतर्फ लामाचौर गमप्रसाद पुर्जा सर्वोत्कृष्ट चुनिए । उनीहरुलनई ट्रफि र मेडल प्रदान गरिएको थियो ।

विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङ, कास्की जिल्ला बास्केटलबल संघका अध्यक्ष कृष्ण गुरुङ, प्रतियोगिता संयोजक तथा कर्पाकेली परिवारका अध्यक्ष क्याप्टेन रनसिंह गर्बुजा, क्लबका अध्यक्ष अध्यक्ष सुदिप पुर्जा लगायतले पुरस्कार वितरण गरेका थिए ।

फागुन २२ गतेदेखि सुरु भएको प्रतियोगितामा प्रतियोगिता पुरुष, महिला र भेट्रान्स गरी ३ विधामा सञ्चालन गरिएको अध्यक्ष सुदीप पुर्जाले जानकारी दिए । जसअन्तर्गत पुरुषतर्फ १९, महिलातर्फ ७ र भेट्रान्सतर्फ ६ टिमको सहभागिता रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close