बागमती अन्तर प्रदेश राष्ट्रिय खेलकुदका लागि गण्डकीमा कराते छनौट सम्पन्न

पोखरा स्पोर्टस । बागमती अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशमा करातेतर्फ महिला तथा खेलाडी छनौट प्रतियोगिता सम्पन्न भएको छ ।

पोखरा रंगशालामा दुई दिन सम्म सञ्चालन भएको प्रतियोगिताबाट कुमुते र कातामा गरी २१ खेलाडी छनौट गरिएको छनौट कार्यक्रमका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचनले जानकारी दिएका हुन् ।

छनौट भएका महिला खेलाडीहरुमा कुमुतेतर्फ ४५ केजीमा अपेक्षा थापा तनहुँ, ५० केजीमा अनिता घले, गोरखा, ५५ केजीमा मनिषा पुन, तनहुँ, ६१ केजीमा जेनिशा रुचाल, बाग्लुङ, ६८ केजी मुनी इन्द्र कला सार्की, स्याङजा र ६८ केजी माथी हिमाली केसी नवलपुर रहेका छन् । यसै गरी महिला एकल कातामा राधा समै तनहुँ र टिमतर्फ निशा पुन, सन्ध्या मल्ल र राधा सोमै रहेका छन् ।

त्यसै गरी पुरुष कुमुतेतर्फ ५० केजीमा वुद्ध लामा, गोरखा, ५५ केजीमा वर्मन गुरुङ, गोरखा, ६० केजीमा सुनिल गुरुङ, लम्जुङ, ६७ केजीमा मनिष दाहाल बाग्लुङ्ग, ७५ केजीमा प्रज्वल शेरचन, म्याग्दी, ८४ केजी मुनी विशाल थापा गोरखा, ८४ केजी माथी प्रविण कुंवर बाग्लुङ रहेका छन् ।

त्यसै गरी एकल कातामा प्रभात पुन, कास्की र टिम कातामा युनिष गाहा, दिपक विक र योगराज पौडेल रहेका छन् । टिम कातामा छनौट भएका खेलाडी सबै स्याङजाका हुन् ।

गण्डकी प्रदेश टिमको म्यानेजरमा मनिराज थापा मगर र टिम प्रशिक्षकमा छबिलाल गाहा र प्रेम बहादुर गुरुङ रहेका छन् । छनौट भएका खेलाडीहरुलाई पाँच दिनको बन्द प्रशिक्षणमा राखिने छ । बन्द प्रशिक्षणको कार्यक्रम भने चैत्रको दोश्रो साता हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close