
पोखरा स्पोर्टस । नेपाल आइस हक्की संघको चुनावी साधारण सभाले भुवन पाठकलाई अध्यक्षमा निरन्तरता दिदै ११ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षमा विजय खड्का, गणेशप्रसाद रिमाल र मनोजकुमार ढुंगेल, महासचिवमा राजेश रिजाल, सचिवमा दिपकराम नेपाल तथा कोषाध्यक्षमा ठाकुरप्रसाद पौडेल रहेका छन् ।
त्यसै गरी कार्यसमिति सदस्यमा प्रज्ज्वल थापा, दिपेन योकपाङदेन, कमलेशकुमार मण्डल र प्रतिक लोहनी चयन भए ।
काठमाण्डौमा सम्पन्न साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।
