
पोखरा स्पोर्टस । बागमती प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट सहभागि हुने महिला तथा पुरुष भलिबल छनौट सम्पन्न भएको गण्डकी प्रदेश भलिबल संघले जनाएको छ ।
पोखरा रंगशालामा सम्पन्न खुल्ला छनौट कार्यक्रममा महिलातर्फ १२ र पुरुषतर्फ १२ गरी २४ जना खेलाडी छनौट सम्पन्न भएको संघका अध्यक्ष नविन कुमार गुरुङले जनाएका हुन् ।
छनौट भएका महिला खेलाडीहरुमा अरुणा शाही, सोइङ्ग थापा, सजिना बुढाथोकी, पुजा सेन ठकुरी, रोमा महतो, मनिषा तिलिजा, शोभा पाइजा, एलिशा रोका, स्माइल पुन रेबिना घर्ती, काजल छन्त्याल र सम्पदा गुरुङ रहेका छन् । त्यसै गरी बैकल्पिकमा सृजना बोटे, अनुजा सारु र नरदेबी छन्त्याल रहेका छन् ।
त्यसै गरी पुरुष तर्फ सरोज वर्देवा, रवि केसी, नर बहादुर सुनार, विश्वास अधिकारी, हिमाल सुनारी, इन्द्र विक, सुजन चोखाल, विवश आले सन्तोष विक, खोम प्रसाद पाण्डे ‘हरि’, कुन्जन शाही, राजन दर्लामी रहेका छन् । त्यसै गरी बैकल्पिकमा तेजेन्द्र कुवंर र एक्सन थापा रहेका छन् ।
बागमती अन्तर प्रदेश राष्ट्रिय खेलकुद अन्तर्गत यहि फागुन ३० गतेबाट चितवनमा भलिबल खेलको प्रतिस्पर्धा हुँदैछ । छनौट भएका खेलाडीहरुलाई फागुन २८ गते सम्म बन्द प्रशिक्षणमा राखिने र २९ गते चितवनतर्फ प्रस्थान गर्ने तयारी रहेको संघले जनाएको छ ।
