विशेष प्रशिक्षणमा खेलाडीहरुको स्वास्थ्य परीक्षण सम्पन्न

पोखरा स्पोर्टस । मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक्षकको दुईदिने स्वास्थ्य परीक्षण बुधबार सम्पन्न भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रको समन्वयमा भएको स्वास्थ्य परीक्षणमा इसीजी, एक्स रे, रगत जाँच, आँखा जाँचलगायतका कार्य गरिएको थियो ।

त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आँखा जाँच कार्य निःशुल्क गरिदिएको थियो । अस्पतालले प्रशिक्षणमा सहभागी खेलाडी र प्रशिक्षकसहित २ सय २१ जनाको निःशुल्क आँखा जाँच गरिदिएको केन्द्रका प्रमुख दोबे पेम्बा तामाङले जनाएका छन् । आगामी दिन पनि थप सहकार्यका लागि अस्पतालसंग छलफल भइरहेको प्रमुख तामाङले जानकारी गराए ।

पेरिस पारा ओलम्पिकका लागि चीनमा हुने छनोट प्रतियोगितामा सहभागी हुने पारा तेक्वान्दो खेलाडीको पनि स्वास्थ्य परीक्षण गरिएको राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले जनाएका छन् । उनले आगामी दिनमा पनि आवश्यकता अनुसार खेलाडीको स्वास्थ्य परीक्षण गर्दै जाने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close