प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्कीमा आयोजक टोली सेमीफाइनलमा

पोखरा स्पोर्टस । धनुषामा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्कीमा आयोजक टोली सेमीफाइनलमा स्थान बनाएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको अन्तिम लिग खेलमा आयोजक टोली ‘मदन भण्डारी महिला हक्की टिम’ले कोशी प्रदेशलाई ७–१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरेको हो ।

आयोजक टिमका लागि मधु राईले ह्याट्रिक पुरा गरिन् । उनले खेलको २०, ४४ र ६० मिनेटमा गोल गरिन् । खेलमा उमेन्स् अफ दि म्याच सुनिता नेगीले २ गोल, शोभा शर्मा र जागृती यादवले समान १–१ गोल गरे । त्यस्तै कोशीका लागि एक मात्र गोल पूर्णिमा राईले गरिन् ।

त्यस्तै एक अर्को खेलमा सुदर पश्चिमले बाग्मती प्रदेशलाई ११–० को भारी गोल अन्तरले पराजित गरेको छ । खेलमा आशिका एसके, बुलबुल कुमारी र सरिता उराउ झागडले ह्याट्रिक पुरा गरे भने कुमारी सन्जना भट्टराई र नमिता एस.केले एक–एक गोलको योगदान दिए । खेलमा बुलबुल कुमारी उमेन्स अफ दि म्याच घोषित भइन् ।

प्रतियोगितामा कर्णाली बाहेक ६ प्रदेश, आर्मी र आयोजकसहित जम्मा ८ टिम सहभागी छन् ।

विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेश्रो हुनेले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता फागुन २० गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close